३ जेष्ठ २०८१, बिहीबार
Follow Us

भूकम्प पीडितको सहयोग व्यक्तिगत खातामा नदिनु : एनआरएनए

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०८०, बिहीबार १३:३७

लण्डन । गैरआवासीय नेपाली संघले नेपालको जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा गएको भूकम्पपश्चात प्रभावित क्षेत्रमा राहत वितरणका लागि भन्दै गैरआवासीय नेपाली संघको नाममा उठाएको रकम व्यक्ति विशेषको खातामा जम्मा नगर्न आग्रह गरेको छ ।

संघका कोषाध्यक्ष सुदन थापाले विहिवार एक विज्ञप्ति जारी गर्दै ‘नेपालको जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा गएको भूकम्पपश्चात प्रभावित क्षेत्रमा राहत वितरणका लागि भन्दै गैरआवासीय नेपाली संघको नाममा उठाएको रकम व्यक्ति विशेषको खातामा जम्मा भइरहेको जानकारी विभिन्न सञ्चारमाध्यम मार्फत प्राप्त भएको छ ।
यसरी मानवीय संवेदनशीलतासँग सम्बन्धित विषयलाई ध्यानै नदिई व्यक्तिगत खातामा रकम जम्मा गर्न लगाउने, संघसँग समन्वय नगरी आफूखुशी राहतका लागि भन्दै रकम संकलन गर्ने लगायतका गतिविधिहरु भइरहेकोले त्यस्ता कार्य तत्काल रोक्न अनुरोध गरेका छन् ।’

विज्ञप्तिको पूर्णपाठ

नेपालको जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा गएको भूकम्पपश्चात प्रभावित क्षेत्रमा राहत वितरणका लागि भन्दै गैरआवासीय नेपाली संघको नाममा उठाएको रकम व्यक्ति विशेषको खातामा जम्मा भइरहेको जानकारी विभिन्न सञ्चारमाध्यम मार्फत प्राप्त भएको छ ।

यसरी मानवीय संवेदनशीलतासँग सम्बन्धित विषयलाई ध्यानै नदिई व्यक्तिगत खातामा रकम जम्मा गर्न लगाउने, संघसँग समन्वय नगरी आफूखुशी राहतका लागि भन्दै रकम संकलन गर्ने लगायतका गतिविधिहरु भइरहेकोले त्यस्ता कार्य तत्काल रोक्न अनुरोध गर्दछौँ ।

राहत तथा सहयोगका लागि गैरआवासीय नेपाली संघको विभिन्न बैंकहरुमा रहेका बैंक खाताका साथै अन्य सम्पूर्ण बैंकिङ कारोबारहरु नियमित रुप सञ्चालनमा रहेको जानकारी गराउँदछु ।
तसर्थ राहत तथा सहयोग सम्बन्धी रकम व्यक्तिगत खातामा जम्मा नगरी संघको आधिकारीक खातामा मात्र जम्मा गरिदिन हुन सबै राष्ट्रिय समन्वय परिषदहरु, सरोकारवाला तथा संघका अभियन्ताज्यू समक्ष हार्दिक अनुरोध गर्दछु । सहयोगका लागि तल उल्लेखित खाताको प्रयोग गर्नुहुन अनुरोध गर्दछु ।

Name : NRNA Emergency Fund
A/C No: 024010010000633
Bank : Sanima Bank Limited
Branch : Naxal, Kathmandu
Swift : SNMANPKA

सुदन थापा, कोषाध्यक्ष
गैरआवासीय नेपाली संघ
मिति : ९ नोभेम्बर २०२३