१२ श्रावण २०८१, शनिबार
Follow Us

टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन प्राधिकरणको अनुरोध

नेपालब्रिटेन संवाददाता
३ मंसिर २०८०, आईतवार ०७:२२

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए जानकारी गराउन अनुरोध गरेको छ ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो ।

प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्ता कम्पनीका बारेमा जानकारी गराउन इन्टरनेट सेवाग्राहीलाई दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्ष निकाल्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो।