१२ श्रावण २०८१, शनिबार
Follow Us

आज शेयर बजार एक अङ्कले बढ्यो

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०८०, सोमबार १२:५१

काठमाडौँ । ११ दिनपछि खुलेको शेयर बजार आज सोमबार एक अङ्कले बढेको छ । तिहार र अन्य बिदाका कारण गएको कात्तिक २३ गतेपछि आज खुलेको शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज होटेल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, लघुवित्त र अन्यबाहेक सबै समूहकाे शेयर बढेको छ । आज बीमा, विकास बैंक र व्यापार समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेको छ । आज ग्लोबल आईएमई लघुवित्त र कर्णाली विकास बैंक शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज फरवार्ड माइक्राेफाइनान्स लघुवित्त र सयपत्री जलविद्युतकाे शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेकाे छ ।

आज ३३ लाख १९ हजार कित्ता शेयर एक अर्ब नाै कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीकाे सात कराेड ३६ लाख रुपैयाँकाे शेयर किनबेच भयो ।