११ श्रावण २०८१, शुक्रबार
Follow Us

अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा बुढाथोकी चयन

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०८०, आईतवार ०६:२२

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा लालबहादुर (एलबी) बुढाथोकी चयन भएका छन्। हिजो शनिबार हेटौंडामा भएको अनेरास्ववियुको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।

अर्का दाबेदार सालिकराम पुडासैनीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बुढाथोकी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन्। उम्मेदवारी फिर्ता लिएका पुडासैनी बहालवाला अध्यक्ष थिए। शनिबार राति अबेर भएको अधिवेशनको बन्द सत्रले बुढाथोकीको नेतृत्वमा ९ पदाधिकारी सहित ५१ सदस्यीय कमिटी गठन चयन गरेको छ।

कमिटीको ३ उपाध्यक्षमा क्रमशः युवराज दाहाल, अच्युत उप्रेती, निशा पुडासैनी चयन भएका छन् भने सचिवमा प्रकाश कालाखेती, सहसचिव प्रशान्त जङ्ग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा अमृत बर्तौला र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भएका हुन्।