२१ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचन स्वच्छ र निश्पक्ष रुपमै सम्पन्न भएको हो : चिरन्जीबी ढकाल, एनआरएनए निर्वाचन आयुक्त (भिडियो)

नेपालब्रिटेन डट कम्
२० मंसिर २०८०, बुधबार १२:४७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर महिनामा भएको निर्वाचन स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न भएको निर्वाचन आयुक्त चिरन्जीबी ढकालले बताएका छन् ।

गैरआवासीय नेपाली संघको संस्थापक समेत रहेका ढकालले निर्वाचनका प्रकृयामा कुनै पनि कमिकमजोरी नगरिएको भएता पनि निर्वाचन परिणाम सार्वजनिक गर्न सामान्य गल्ती भएको बताए ।

ढकालले आइतवार नेपालब्रिटेन डट कम लगायतका अनलाइनलाई दिएको एक भर्रचुल अन्तरवार्तामा निर्वाचन परिणाम सार्वजनिक गर्ने प्रकृयामा भएको त्रुटीलाई पुरै निर्वाचन प्रणालीनै गलत भएको भन्न नमिल्ने बताए । उनले निर्वाचन परिणाम सार्वजनिक हुने समय सम्म सबै उम्मेदवारको सहमति रहेको बताए । उनले निर्वाचनको क्रममा आएका सामान्य विवादमा उम्मेदवारबीच आपसी सहमतिबाट टुंगो लगाएर अघि बढेको बताए ।
संघकी उपाध्यक्ष यासमिन वेगम सैयदले गत निर्वाचनहरु भन्दा ११ औं महाधिवेसनमा भएको निर्वाचन स्वतन्त्र, निश्पक्ष र सामान्य भएको बताइन् ।