१२ श्रावण २०८१, शनिबार
Follow Us

रेड नोटिस जारी भएका लामा कुवेतबाट पक्राउ

नेपालब्रिटेन संवाददाता
३ पुष २०८०, मंगलवार १३:२८

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति कुवेतबाट पक्राउ परेका छन् । काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका हुन् । उनी कुवेतमा वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।

कुवेत प्रहरीको समन्वयमा लामालाई पक्राउ गरी मङ्गलवार नेपाल ल्याइएको छ । लामाविरुद्ध भक्तपुरको प्रहरी वृत्त जगातीमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।