२१ भाद्र २०८२, शनिबार
Follow Us

बाइडनद्वारा अमेरिका प्रवेश गर्ने आप्रवासीको ठूलो संख्या रोक्न नयाँ आदेश जारी

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०८१, बुधबार ०६:४१

अमेरिकी राष्ट्रपति जो बाइडनले मेक्सिकोको सीमाबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको ठूलो संख्या रोक्ने गरी नयाँ कार्यकारी आदेश जारी गरेका छन् ।

यो आदेशले बाइडनलाई निर्वाचनमा कमजोर बनाउन सक्ने आँकलन समेत गरिएको छ । यो आदेशसँगै अमेरिकामा शरण लिनका लागि अनुरोध गरिएका कागजातको प्रशोधन नगरी अवैध रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई तुरुन्त निस्कासन गर्न सकिनेछ ।

अमेरिकाले मुद्दाहरूको गति बढाउन र अत्यधिक बोझ भएका अमेरिकी अध्यागमन अदालतहरूमा दबाब कम गर्ने उद्देश्यले नयाँ कार्ययोजना सार्वजनिक गरेको हो ।

राष्ट्रपति बाइडनले हिजो धेरै सीमावर्ती शहर मेयरहरूसँग एक कार्यक्रममा नयाँ आदेशका विषयमा कुराकानी समेत गरेका छन् । उनले नयाँ आदेशले सीमामा नियन्त्रण गर्न सहयोग गर्ने बताएका छन् ।

धेरै पढिएको