२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए एसिया क्षेत्रीय समितिले जापानमा अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
५ पुष २०८०, बिहीबार ०३:२४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय समितिले जापानको राजधानी टोकियोमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

क्षेत्रीय संयोजक हरि भट्टराईका अनुसार आगामी शनिवार साँझ आयोजना हुने सो कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका प्रतिनिधि, गैरआवासीय नेपाली संघ जापान, नेपाली दुतावास टोकियो, एनआरएनए अभियान्ता, पत्रकार लगायतको विषेश उपस्थिति रहनेछ ।

डिनरसहितको सो अन्तरक्रिया कार्यक्रममा सहभागी हुन् एनआरएनए एशिसया प्यासिफिक क्षेत्रीय समितिले आग्रह गरेको छ ।