१२ श्रावण २०८१, शनिबार
Follow Us

स्थानीयद्वारा प्रहरी चौकीमा आक्रमण, झडपमा एक जनालाई प्रहरीको गोली लाग्यो

नेपालब्रिटेन संवाददाता
६ पुष २०८०, शुक्रबार ०६:३३

धनुषा । धनुषाको हंसपुर नगरपालिकाको निकाल प्रहरी चौकीमा स्थानीयबासीले आक्रमण गरेका छन् ।

हिजो गाउँमा भएको सामान्य विवादको क्रममा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ती मध्ये ३५ वर्षीय दीपनारायण मण्डल (दीपा) लाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतभित्रै कुटपिटका कारण मुत्यु भएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

झडपको क्रममा स्थानीयको तोडफोडमा सशस्त्र प्रहरीको एउटा मोटरसाइकल जलाइएको छ । अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको धनुषा प्रहरीले जनाएको छ । झडपमा एक जनालाई गोली लागेको छ ।