१० असार २०८१, आईतवार
Follow Us

फेक इमेल र डोमेनको विगविगी, एनआरएनएद्धारा आपत्ति

नेपालब्रिटेन डट कम्
१२ पुष २०८०, बिहीबार १५:४१

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत अक्टोवरमा महिनामा सम्पन्न निर्वाचनमा उपबिजेता समूहले छुट्टै डोमन तथा होस्टीङ संचालनमा ल्याएर भ्रम सृजना गरेको भन्दै गैरआवासीय नेपाली संघले आपत्ति प्रकट गरेको छ ।

पराजित समूहले www.nrnanp.org नामको नक्कली डोमेन संचालन गरेर संघका सदस्यहरुलाई पत्राचार गरे पछि संघले त्यस्ता इमेल र वेवसाइटप्रति सचेत रहन आग्रह गरेको हो ।
संघका प्रवक्ता फणिन्द्र पन्तले विहिवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को डोमेन (nrna.org ) सँग मिल्दोजुल्दो हुने गरी केही समूहले संघको आधिकारिक इमेल भएको भ्रम सृजना गर्दै विभिन्न व्यक्तिहरुलाई इमेल पठाइएको पाइएकोले त्यसप्रति संघको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा संघको केन्द्रीय कार्यालयबाट प्रदान गरिएका इमेलमा प्राप्त हुने सूचनाहरु मात्र संस्थागत र आधिकारिक हुने जनाएको छ । सो समूहले संघको केन्द्रीय कार्यालयसंग मिल्दोजुल्दो फेसबुक, इमेल ठेगाना समेत संचालनमा ल्याएको छ ।

संघले विगत केही समयदेखि गैरआवासीय नेपाली संघसँग मिल्दाजुल्दा फेसबुक पेज तथा समूह सञ्चालन गर्ने तथा गैरआवासीय नेपाली संघको लोगो, लेटरप्याड लगायतका सामग्रीहरु कानुनविपरीत दुरुपयोग गर्दै आएको प्रति संघ सचेत रहेको छ । र, त्यस्ता गतिविधिहरुलाई प्रचलित कानूनबमोजिम कारवाही प्रकृयामा अघि बढाइने जनाएको छ ।

सो समूहले संचालनमा ल्याएका फर्जी इमेलहरु [email protected], [email protected], [email protected], [email protected] रहेका छन् ।


विज्ञप्तिमा पूर्णपाठ

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को डोमेन (nrna.org ) सँग मिल्दोजुल्दो हुने गरी केही समूहले संघको आधिकारिक इमेल भएको भ्रम सृजना गर्दै विभिन्न व्यक्तिहरुलाई इमेल पठाइएको पाइएकोले त्यसप्रति संघको ध्यानाकर्षण भएको छ ।

गैरआवासीय नेपाली संघको आधिकारिक वेबसाइट भएको यहाँहरुलाई अवगत नै छ । सोहीअनुरुप संघका केन्द्रीय पदाधिकारी, सदस्यहरु तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा महासचिवले समेत संस्थागत इमेल खाता सञ्चालन गर्दै आउनुभएको छ । त्यसैले संघको केन्द्रीय कार्यालयबाट प्रदान गरिएका इमेलमा प्राप्त हुने सूचनाहरु मात्र संस्थागत र आधिकारिक हुने सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले आन्तरिक रुपमा इमेल पठाउँदा जीमेल, हटमेल, याहु वा कुनै व्यक्ति र कम्पनीको इमलेबाट प्राप्त हुने सूचनाहरु मान्य नहुने जानकारी गराइन्छ ।

विगत केही समयदेखि गैरआवासीय नेपाली संघसँग मिल्दाजुल्दा फेसबुक पेज तथा समूह सञ्चालन गर्ने तथा गैरआवासीय नेपाली संघको लोगो, लेटरप्याड लगायतका सामग्रीहरु कानुनविपरीत दुरुपयोग गर्दै आएको प्रति संघ सचेत रहेको छ । र, त्यस्ता गतिविधिहरुलाई प्रचलित कानूनबमोजिम कारवाही प्रकृयामा अघि बढाइने समेत अवगत गराइन्छ ।

अतः संघको बारेमा अधिकारिक सूचना चाहिएमा वा विस्तृत जानकारीको लागि [email protected] मा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

फणिन्द्र पन्त
प्रवक्ता, गैरआवासीय नेपाली संघ
२८ डिसेम्बर २०२३