११ श्रावण २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ‘प्रचण्ड’ले लिए बालकुमारी घटनाबारे जानकारी

नेपालब्रिटेन संवाददाता
१४ पुष २०८०, शनिबार ०५:३९

काठमाडौँ । शुक्रबार दिउँसो ललिपतपुरको बालकुमारी भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग जानकारी लिएका छन् ।

शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको जानकारी लिएका हुन् ।

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित थिए ।

उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई बताएका छन् । घटनापछि शुक्रबार नै प्रधानमन्त्रीले सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका थिए। घटनाको छानबिनका लागि गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ।