१४ असार २०८१, बिहीबार
Follow Us

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

नेपालब्रिटेन संवाददाता
२४ पुष २०८०, मंगलवार ०६:१४

लन्डन। म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले विगन एथ्लेटिकलाई २–० ले पराजित गर्दै चौथो चरणमा स्थान सुरक्षित गरेको हो ।

मार्कस रासफोर्डको प्रहार ब्लक भएपनि १२ पटकको च्याम्पियन युनाइटेडका लागि २२ औं मिनेटमा डियोगो डालोटले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

दोस्रो हाफमा घरेलु टोलीका मार्शल गोडोले ६ यार्डबाट गोल गर्न नसक्दाँ एथ्लेटिक बराबरी गोल गर्न चुक्यो । ७४ औं मिनेटमा ब्रुनो फर्नान्डिसविरुद्ध लिआम शाले खराब ट्याकल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पायो । उक्त अवसरमा फर्नान्डिसले कुनै गल्ती गरेनन् र एरिक टेन ह्यागको टोलीलाई चौथो चरणमा पुर्‍याए ।