११ श्रावण २०८१, शुक्रबार
Follow Us

अख्तियारको फन्दामा प्रहरी

नेपालब्रिटेन संवाददाता
२६ पुष २०८०, बिहीबार ०६:२७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको नेपालगञ्जबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी सहायक निरीक्षक भण्डारीले सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकम सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।