२० बैशाख २०८१, बिहीबार
Follow Us

‘एक मुठ्ठी बादल’मा आँचल शर्मा

नेपालब्रिटेन संवाददाता
२६ पुष २०८०, बिहीबार १३:१४

काठमाडौं। अभिनेत्री आँचल शर्मा चलचित्र एक मुठ्ठी बादलमा अनुबन्धित् भएकी छन् । आमाछोरीबीचको सम्बन्धमा आधारित नारी प्रधान चलचित्र एक मुठ्ठी बादलमा उनी खेल्ने भएकी हुन् । यसबारे जानकारी दिँदै सामाजिक सञ्चालनमा उनले एक मुठ्ठी बादल आमाछोरीहरु बीचको अनौठो सम्बन्धको श्रुतिमधुर संगीत रहेको बताएकी छन् ।

‘पुस्तौँदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिलै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् ?,’ प्रश्न गर्दै उनले भनेकी छन्, ‘ एक मुठ्ठी बादल आमा छोरीहरु बीचको अनौठो सम्बन्धको श्रुतिमधुर संगीत हो । अराजकतालाई अँगाल्ने, अपूर्णतामा उत्सव मनाउने र  सामान्यलाई असामान्य बनाउने नेपाली नारीका गाथा आउनुस् फेरि नयाँ धूनमा सुनौँ ।’

आगामी फागुनबाट सुटिङ थाल्ने सो चलचित्रको स्क्रिप्ट कान्स रोट्रेड्याम ढाकालगायतका फेस्टिभलाम छानिएको थियो । अभिमन्यु दीक्षित, अनुपम पौडेल र सामिप्यराज तिमल्सेनाको प्रस्तुति रहने एक मुठ्ठी बादलको लेखन तथा निर्देशन साहारा शर्माको रहनेछ ।