५ असार २०८१, मंगलवार
Follow Us

एनआरएनए काठमाण्डौं भेला : यस्तो छ साताव्यापी तयारी !

नेपालब्रिटेन डट कम्
२७ पुष २०८०, शुक्रबार २०:३०


को को पुगे काठमाण्डौं 

लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले तीनवटा प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार संघले कोशी प्रदेश, मदेश प्रदेश, लुम्बिनी प्रदेशमा आगामी हप्ता ती मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरेको हो ।

गैरआवासीय नेपाली संघले जनवरी १६ देखि २६ सम्मको १० दिने कार्यतालिका सार्वजनिक गर्दै जाजरकोट र पश्चिम रुकुममा छात्रछात्राहरुलाई ‘न्यानो कपडा’ वितरणको कार्यक्रम समेत तय गरेको छ ।

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको पूर्ण बैठक यहि जनवरी २१ र २२ तारिख काठमाण्डौंमा बस्दैछ । बैठकले एनआरएनएको दुई वर्षे कार्य योजना तर्जुमा गर्ने बताइएको छ ।

संघले गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, १० अर्ब लगानी लगायतका विषयमा सरोकारवाला सरकारी निकाय र मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यस्तै संघले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट हस्तान्तरण गर्ने र महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट अवलोकन गर्ने कार्यक्रमतय गरेको छ ।

संघले बैजनाथ बहुमुखी क्याम्पस, कञ्चनपुरमा निर्मित छात्रा शौचालय, नेपाल क्रिकेट संघलाई टि – २० विश्वकपमा सहभागिताको आर्थिक सहयोग हस्तातरण गर्ने भएको छ ।

यस्तै, कंगोमा मृत नेपालीको परिवारको सहयोगार्थ एनआरएनए राष्ट्रिय समिति कंगोद्वारा संकलन गरिएको सहयोग रकम हस्तातरण र सुदुर पश्चिम प्रदेशमा लगानी सम्मेलन सम्बन्ध संघले विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ ।

SN Date Loaction Events
1 17th January 2024 Dhangadhi, Kailali (Sudurpaschim Province) Handover of Oxygen Plant at Seti Provincial Hospital
2 17th January 2024 Jhalari, Kanchanpur Handover of Girls Rest Room Project, Baijnath Multiple Campus, Jhalari, Kanchanpur
4 17th January 2024 Dharan, Sunsari (Koshi Province) Handover of NRNA Mobile Blood Bus Koshi  Province Project at Nepal Red Cross Society Sunsari District Chapter
5 18th January 2024 Janakpur, Dhanusha (Madhesh Province) Handover of NRNA Mobile Blood Bus Madhesh Province Project at Nepal Red Cross Society Dhanusha District Chapter
6 20th January 2024 NRNA Secretariat Hall 1. Handover of Cash Prize to Cricket Association of Nepal (CAN)
2. Cash Support to the Family of the deceased in Congo
7 26th January 2024 Nepalgunj, Banke (Lunbini Province) Handover of NRNA Mobile Blood Bus Lumbini Province Project at Nepal Red Cross Society Banke District Chapter

केन्द्रीय पदाधिकारीहरु काठमाण्डौंमा
गैरआवासीय नेपाली संघको ९५ औं पूर्ण बैठकमा भाग लिन संघका पदाधिकारीहरु काठमाण्डौंमा जम्मा हुन थालेका छन् । सो बैठकको तयारीको लागि संघका अध्यक्ष डा. केसी एक साता अघि काठमाण्डौं उत्रिएका छन् । यस्तै संघका उपाध्यक्ष डा. हेम राज शर्मा, महिला उपाध्यक्ष रोजिना प्रधान, उपमहासचिव सोम सापकोटा, सचिव डा. ज्ञानेन्द्र रेग्मी काठमाण्डौं पुगिसकेका छन् भने महासचिव गौरी राज जोशी, प्रवक्ता फणिन्द्र पन्त लगायतका अन्य पदाधिकारीहरु आगामी साता नेपाल पुग्ने तयारीमा छन् ।