२० बैशाख २०८१, बिहीबार
Follow Us

फिल्म ‘खजुरे ब्रो’बाट डेब्यु गर्दै नीति शाह

नेपालब्रिटेन संवाददाता
२ माघ २०८०, मंगलवार ०५:३९

काठमाडौं । फिल्म ‘खजुरे ब्रो’बाट निति शाहले ठुलो पर्दामा डेब्यु गर्ने भएकी छिन्। सुरज सुनुवारको निर्देशनमा निर्माण हुने फिल्ममा नीतिले अब कलाकार रेयर राईसंग स्क्रीन सेयर गर्ने छिन । नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् ।

हिजो सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै यो चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्रको छायाँकन भने तीन दिन अघिबाटै सुरु गरिएको छ । यस अघि प्रदीप खड्कासँग नयाँ चलचित्र कामिनो र अनमोल केसीसँग नयाँ चलचित्र रावायणमा नायिकाको रुपमा नीति शाह अनुबन्धित भएकी थिईन् ।

तर ती दुबै चलचित्र निर्माण भएनन् । त्यो भन्दा अघि पनि नीति शाह गोपिकृष्ण मूभिजको नयाँ फिल्ममा अनुबन्धित भएकी थिईन् । यी तीनवटै फिल्म समयमै निर्माण नभएपछि यतीबेला आफु चलचित्र खजुरे ब्रोमा अनुबन्धित भएर छायाँकनमा उत्रिएको पनि उनले बताईन् ।

आफ्नो डेब्यु चलचित्र ‘खजुरे ब्रो’ को कथा र सम्पूर्ण टिम मन परेको कारण आफुले काम गरेको र राम्रो चलचित्र बन्नेमा ढुक्क रहेको अभिनेत्री नीति शाहले बताईन् । इटहरी, धरान र दार्जिलिङमा छायांकन हुने फिल्ममा नीति र रेयरको अलावा महेश त्रिपाठी, , नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ ।