२० बैशाख २०८१, बिहीबार
Follow Us

अभिनेत्री मुना गौचन भाइरल

नेपालब्रिटेन संवाददाता
४ माघ २०८०, बिहीबार ०५:५६

काठमाडौं । अभिनेत्री मुना गौचनले म्युजिक भिडियो र चलचित्रमा खासै अभिनय गरेकाे देखिँदैन । तर पनि उनी सामाजिक सञ्जालमा यति हिट छिन् कि अब्बल कलाकारभन्दा बढी । उनी हिट हुनुको एउटै कारण छ । त्यो हो बोल्ड र हट तस्बिर । सामाजिक सञ्जालमा उनी निकै सक्रिय रहने गरेको पाइन्छ ।

उनको सुन्दरता र बोल्डनेसकै कारण चलचित्र चपली हाइट २ मा डेब्युको अवसर पाएको बताइन्छ । तर सो चलचित्र फ्लप भएको थियो । मुनाको चर्चा भने घट्नुको सट्टा बढेको छ।

उनको सुन्दरतामा लोभिएरै एक जना निर्माताले चलचित्र जालोमा पनि अवसर दिए । त्यो चलचित्रलेसमेत लगानी उठाउन सकेन । चलचित्र चलोस् वा नचलोस्, मुनालाई वास्ता छैन । तर पनि निर्माताहरु उनलाई पछ्याइरहन्छन् ।