ताजा खबर

ओली फाल्न रातारात हस्ताक्षर अभियान, के हुन्छ भारतीय भूमिका ?

काठमाडौं । नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाल्न हस्ताक्षर अभियान शुरु भएको छ । नेकपाका एक केन्द्रिय सदस्यका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्‍ठ नेता माधव नेपाल पक्षधरहरुले पार्टीभित्र मंगलवार राति देखि हस्ताक्षर अभियान चलाएका हुन् । हस्ताक्षर अभियानमा वरिष्‍ठ नेता माधव नेपालले सुरेन्द्र पाण्डे र पुष्पकमल दाहाल प्रचण्डले हरिबोल गजुरेललाई खटाएका छन् ।

नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच विवाद बढ्दै गएपछि संसदहरुको हस्ताक्षर अभियान चलाइएको हो ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको निर्देशनमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर अभियान सुरु भएपछि नेताहरु तोप बहादुर रायमाझी, लेखराज भट्ट र नेता दिनानाथ शर्मा खुलेरै विरोधमा उत्रिएका छन् । उनले अहिलेको पार्टी एकता खलल पुग्ने गरी हस्ताक्षर अभियान चलाउनु उचित नभएको भन्दै स्थगित हुनुपर्ने बताएका छन्।

बालुवाटारनिकट अर्का नेताका अनुसार ओलीविरुद्ध केहि भारतीय एजेन्टहरु समेत क्रियासिल छन् । ति नेताका अनुसार ओली सरकार गठन भए देखिनै भारतको भूमिका नेपालमा कम हुदै गएको थियो उसले फेरि नेपाल भित्र खेलेर आफ्नो भूमिकालाई स्थापित गर्न चाहेको छ, त्यसैले यो सरकारलाई बाँकी अवधि टिक्न नदिने उसले रणनीति बनाएको हो ।

कतिपय राजनीतिक विश्लेषकहरुले दुई तिहाईको सरकारलाई असफल पारेर यो व्यवस्था नै धरापमा पर्ने आसंका गरेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेकपाभित्र अन्तिम लडाई लड्ने भन्दै संसदीय दलमा बहुमत सावित गरेर देखाउने तयारीमा छन् । उनले यसघि जस्तो सुकै परिस्थिति आउँन सक्ने भन्दै तयारीमा रहन आफुनिकट संसदहरुलाई निर्देशन दिएका थिए ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्