१२ श्रावण २०८१, शनिबार
Follow Us

माघ २२ मा देशभरका फिल्म हल बन्द हुने

नेपालब्रिटेन संवाददाता
१६ माघ २०८०, मंगलवार १३:१९

काठमाडौं । माघ २२ मा देशभरका फिल्म हलहरु बन्द हुने भएको छ । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्न लागेको हो ।

सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरित अन्य कर लगाइएको आरोप लगाउँदै आएको छ ।

संहिताविपरित चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जनाउँदै सङ्घले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको मा गरेको छ । सङ्घले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको पनि जानकारी दिएको छ ।