१२ श्रावण २०८१, शनिबार
Follow Us

आगामी हप्ता चितवन भ्रमणमा जाँदै पूर्वराजा ज्ञानेन्द्र

नेपालब्रिटेन संवाददाता
२१ माघ २०८०, आईतवार १३:२५

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी हप्ता चितवन भ्रमणमा जाने भएका छन्।

पछिल्लो समय तराईं-मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा आगामी हप्ता चितवनको भ्रमणका लागि भरतपुर जाने पूर्वराजा शाहको सचिवालयले जनाएको छ।

‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह चितवन जिल्लाको भ्रमणको सिलसिलामा आगामी हप्ता भरतपुर सवारी होइबक्सँदै छ,’ सचिवालयले भनेको छ।