१६ बैशाख २०८१, आईतवार
Follow Us

प्रवासी नेपाली मञ्चको भेला मलेशियामा, तीन दर्जन देशका प्रतिनिधि सहभागी

नेपालब्रिटेन डट कम्
२५ माघ २०८०, बिहीबार २०:५६

लण्डन । नेकपा एमालेको शुभचिन्तक संस्था प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको भेला मेलशियामा शनिवार देखि शुरु हुने भएको छ ।

दुई दिन सम्म चल्ने भेलामा बिभिन्न देशका प्रतिनिधिहरुले आआफ्नो रिपोर्टिङ गर्ने, नयाँ योजना र कार्यक्रम तय गर्ने मञ्चका निवर्तमान अध्यक्ष भक्त गुरुङले जानकारी दिए ।

प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीका विश्वभर ३९ देशमा शाखाहरु सक्रिय छन् । भेलामा भाग लिन युरोप, अमेरिका, अष्ट्रेलिया, एशिया प्यासिफिक क्षेत्र लगायतबाट मञ्चको कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरु मलेशिया पुगेका छन् ।

सो भेलामा भाग लिन नेकपा एमाले अन्तराष्ट्रिय सम्बन्ध विभागका प्रमुख राजन भट्टराई विहिवार मलेशिया उत्रिएका छन् ।

गुरुङले भने ‘भेलाले नेपालको करिब एक तिहाई अर्थतन्त्रको स्रोत, एकतिहाई जनसंख्या डायसपोरामा छ । समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पुरा गर्न खाका कोर्ने छ ।’
‘धेरै नेपालीहरुले रोजगारीका लागि मलेशिया रोजेका छन् अब त्यो रोजगारी नेपालमा नै सृजना गरेर सबैलाई नेपाल मै रोजगारी दिनुछ । मलेशियाबाट धेरै कुरा सिकेर नेपाललाई औद्योगिकीकरण गर्नु छ त्यसैले हाम्रो मलेशियाको भेला फलदायी हुने अपेक्षा छ’ गुरुङले भने ।