१२ श्रावण २०८१, शनिबार
Follow Us

भारतमा शिव सेनाका नेताको फेसबुक लाइभमै गोली हानी हत्या, भिडियो भाइरल

नेपालब्रिटेन संवाददाता
२६ माघ २०८०, शुक्रबार ०६:४४

भारतमा फेसबुक लाइभ गरिरहेका बेला शिव सेनाका नेता अभिषेक घोषालकरको गोली हानी हत्या भएको छ ।

पूर्वविधायक विनोद घोषालकरका छोरा अभिषेक मुम्बईबाट फेसबुक लाइभमा कुराकानी गरिरहेका थिए । प्रहरीका अनुसार घोषालकरमाथि उनकै मोरिस भन्ने साथीले पेस्तोलबाट गोली चलाएका थिए ।

घोषालकरको हत्यापछि मोरिसले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए । घोषालकरमाथि गोली चलाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आपसी विवादका कारण मोरिसले घोषालकरमाथि गोली चलाएको अनुमान गरिएको छ ।

भिडियो च्याटमा सँगै रहेका बेला घोषालकर उठ्न हिंड्न खोजेको र मोरिसले गोली चलाएको देखिन्छ । मोरिसले बोलाएपछि घोषालकर उनको अफिसमा गएका थिएँ । त्यहीं उनीहरु फेसबुक लाइभमा बसेका थिए ।

प्रहरीले उपचारका लागि अस्पताल लगिएकामा घोषालकरलाई चिकित्सकले केहीबेरमा मेत घोषणा गरेको जनाएको छ । अभिषेक पत्नी तेजस्विनी पार्षद छिन् ।

उनी भने मुम्बई बैंकको निर्देशक थिए । अभिषेक शिवसेनाको उद्धव ठाकरे समूहमा थिए । घटनापछि ठाकरे समूहले महाराष्ट्रका गृहमन्त्री देवेन्द्र फडनविसको राजीनामा मागेको छ ।