१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएको नविकरण तत्काल गर्न पाटन उच्चअदालतको परमादेश

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०८०, बुधबार ११:३३

लण्डन । उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयलाई तत्कालै गैरआवासीय नेपाली संघको नविकरण गर्न परमादेश दिएको छ ।

बुधवार उच्च अदालतका पाटनमा भएको सुनुवाई पछि न्यायधिशद्धय हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको इजलासले परराष्ट्र मन्त्रालयलाई सो आदेश दिएको हो ।

गैरआवासीय नेपाली संघले राजनीतिक पुर्वाग्रहका कारणले नविकरण रोकिएको भन्दै अदालतमा निवेदन थियो । संघ स्रोतका अनुसार परराष्ट्र मन्त्री एनपी साउदले सम्पूर्ण प्रकृया पुरा भएर पनि संघको नविकरण गर्न रोकेका थिए ।
विस्तृत विवरण आउन बांकी ।