१२ श्रावण २०८१, शनिबार
Follow Us

नागरिकको गुनासो बढ्यो: गगन थापा

नेपालब्रिटेन संवाददाता
२ फाल्गुन २०८०, बुधबार १३:५८

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन । आज बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको पनि बताएका छन ।

उनले भने, ‘सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुङ्गीसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ ।’

उनले आम नागरिकका साना–साना मागसमेत पूरा हुन नसकेको जनगुनासो आफूले पाएको बताएका छन । उनले भने, ‘जुन कुरा सरकारले गर्न सक्ने कुरा छन् । सामान्य हिसाबले गर्न सकिने कुरा पनि नगरेको देख्दा त्यसबाट नैराश्यता सिर्जना भएको छ ।’

उनले स्रोत साधनको अभावले गर्दा गर्न नसकेको ठूला कुरा स्वाभाविक भएको भन्दै अहिले सबै खालको अनुकूलता भएको समयमा गर्न सकिने काम पनि नभएकामा नागरिकले गुनासो गरेको बताएका छन । उनले पूर्वाधार बनिसकेपछि लाभ लिने कुरामा हामी सबै चुकेको अनुभूति भएको बताएका छन ।