१६ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए स्कटल्याण्डले नागरिकता बारे अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०८०, बुधबार १९:१२

‘दूतावासको घुम्ति सेवा स्कटल्याण्डमा’

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्यान्ड राज्य समन्वय परिषदले गैरआवासीय नेपाली नागरिकता र सम्पतिको अधिकारको बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

परिषदले आगामी फेब्रोवरी १८ तारिख आइतबार गैरआवासीय नेपाली नागरिकता सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम गर्दैछ।

‘गैरआवासीय नेपाली नागरिकताका फाइदा र चुनौति’ विषयमा हुन लागेको अन्तरक्रिया कार्यक्रममा एनआरएनए आइसीसीका उपाध्यक्ष एवं नागरिकता निरन्तरता समितिका संयोजक रामशरण शिम्खडा, उपाध्यक्ष डा हेमराज शर्मा र एनआरएनए नागरिकता निरन्तरता समितिका ‘फोकल पर्सन’ सरोज दाहाल अतिथि वक्ताका रुपमा सहभागी हुंदैछन्।

परिषद अध्यक्ष दिवाकर पाण्डेले हालै कार्यान्वयनमा आएको गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा धेरैमा अलमल र बुझाइको कमी देखिएकाले त्यसलाई स्पष्ट पार्ने उद्धेश्यले अन्तरक्रिया गर्न लागिएको बताए।

भर्चुअल माध्यमबाट सञ्चालन हुने अन्तरक्रिया यूके समय बिहान साढे ९ बजे देखि सुरु हुनेछ ।

यस्तै १९ तारिख सोमबार परिषदकै पहलमा लन्डनस्थित नेपाली दूतावासको घुम्ती सेवा सञ्चालन हुने भएको छ।