१५ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस महासमिति बैठक: बेलायत प्रतिनिधिमा विवाद, सभापति गुरुङले मात्र भाग लिने

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०८०, आईतवार २३:१३

लण्डन । आज देखि शुरु हुने नेपाली कांग्रेस महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिको विषयमा जनसम्पर्क समिति वेलायतमा विवाद देखिएको छ ।

समितिको कार्यसमितिले तोकेका ६ जना प्रतिनिधि बाहेक अन्यको नाम महासमितिको लागि नाम दर्ता भएको भेटिए पछि सभापति सभापति युवराज गुरुङले आपत्ति जनाएका हुन् ।

वेलायत जनसम्पर्क समितिमा विवाद देखिए पछि पार्टी सभापति शेर बहादुर देउवाले समितिका सभापति गुरुङको एक मात्र नाम दर्ता निर्देशन दिएका हुन् । विभिन्न देशका नेपाली जनसम्पर्क समितिबाट ८९ जनाले सो महासमिति बैठकमा भाग लिदैछन् ।

यसअघि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।

महासमितिमा सहभागी भएका सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइने विश्वकर्माको भनाइ छ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन्। । महासमिति बैठकले कांग्रेसले लिने नीति तय गर्नेछ।

महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने विश्वकर्माले जानकारी दिए।