१६ बैशाख २०८१, आईतवार
Follow Us

राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन: नेता कोइराला

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०८०, शनिबार १३:५०

काठमाडौं । कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने दाबी गरेका छन । आज शनिबार नेपाल शिक्षक संघ, जिल्ला समिति ललितपुरको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन ।

उनले राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको पनि बताएका छन । उनले कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उनको तर्क थियो । उनले राजनीतिको उत्तारचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने बताएका छन ।

‘मेडिकल गर्दा एभ्रिथिङ इज अण्डर योर कन्ट्रोल । हात छ, सीप छ दिमाग छ । अप्रेशन गर्नुहुन्छ, हातमा कन्ट्रोल छ । आँखाको अप्रेशन गर्नुहुन्छ, ७० वटा जति आइक्याम्प गरेँ, लाखौँको अप्रेशन गरेँ रिजल्ट राम्रै भयो ।

तर राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा । कहिल्यै पनि आफ्ने नियन्त्रणमा हुँदैन । तर त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ ।’नेता कोइरालाले आफूले उत्पादन गरेका डाक्टरहरु अहिले पैसा पाएपछि मात्रै अप्रेशन गर्ने गरेको भन्दै विवेक नभएका डाक्टर उत्पादन गरेकोमा उनले पश्चताप गरेका छन ।