२४ असार २०८२, मंगलवार
Follow Us

गठबन्धन टुटेकोमा खुसी छु: कांग्रेस नेता कोइराला

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०८०, बिहीबार १४:०३

काठमाडौं । काङ्ग्रेस नेता डा. शशांक कोइरालाले गठबन्धन टुट्नु पार्टीका लागि वरदान भएको र आफु खुसी रहेको पनि बताएका छन । कसैको आशीर्वादमा गठबन्धन टुटेको उनको सङ्केत गरेका छन ।

आज विहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको दाबी गरेका छन । उनले कांग्रेस सधैँ एक्लै लड्नुपर्ने पनि बताएका छन । उनले भने, ‘गठबन्धन टुट्नु सत्तावादीको खेल हो ।

प्रचण्ड र ओलीज्यू उहाँहरूले पहिला गठबन्धन गर्नुभयो । फेरि हामीतर्फ आउनुभयो । मलाई लाग्छ यो एउटा वरदान हो । अब हामी पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्छ । प्रतिपक्षमा मात्रै बसेर कडा भूमिका निर्वाह गर्नुपर्छ । गठबन्धन टुटेकोमा म खुसी मात्र छैन , कसैको आशीर्वाद पाएको हो कि भन्ने लागेको छ ।

मेरा लागि यो लुकेको एउटा खुसी चाहिँ हो ।’ उनले विगतमा मिलेर गरिएको काम गलत भएको भन्दै अब एक्लै लड्नुपर्ने पनि बताएका छन । उनले भने, ‘म बीपी कोइरालाको छोरा भएको हुनाले म भन्छु कुनै पार्टीसँग पनि हामी मिल्नु हुँदैन ।

विगतमा जसरी मिलेका थियौँ त्यो गलत भयो हामी एक्लै लड्नुपर्छ । हामीले स्थापना गरेको कम्युनिस्ट पार्टी हो र हाम्रै मातहतमा आउँछन् ।’

धेरै पढिएको