२४ बैशाख २०८१, सोमबार
Follow Us

गोही आक्रमणमा घाइते बालकलाई बेल्जियमबाट सहयोग

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७४, बिहीबार ०६:३७

चितवन । चितवन सहायता कोष बेल्जियमले गोहीले चपाएर पनि बाँच्न सफल १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि २५ हजार रुपैया सहयोग उपलब्ध गराएको छ । चितवन सहायता कोष बेल्जियमले चितवन सहायता समाजको संयोजनमा सहयोग रकम हस्तान्तरण गरेको हो ।
उपचार पश्चात आउन सक्ने जोखिमलाई मध्यनजरगर्दै रकम प्रदान गरिएको चितवन सहायता समाजकी कोषाध्यक्ष विजया रेग्मीले जानकारी दिइन् । अस्पताल बाट डिस्चार्ज भएपछि पनि संक्रमणको खतरा रहेको र पारिवारीक अवस्था कमजोर रहेकाले पछिको उपचारमा समस्या आउन सक्ने उनको सहयोग अभियानका अभियन्ता विकास पाठकले बताएका छन् ।
हालका लागि भने आर्थिक संकलन अभियान स्थगित गरिएको भए पनि न्युन आर्थीक अबस्थाका कारण आर्थीक सहगोग आउनेक्रम अझै रहेको छ । भरतपुर महानगर पालीका २३ जगतपुर घैलाघारीका बालक हरिजन घर नजीकै राप्ती नदीमा पौडी खेल्ने क्रममा गत चैत २५ गते गोहीले आक्रमण गरेको थियो । चितवन मेडिकल कलेज भरतपुरमा हाल उनको उपचार भइरहेको छ । उनको देव्रे हात तीन ठाँउमा भाचिएउनुका साथै पेटमा समेत गोहीले प्वाल पारेको थियो भन शरिरका विभिन्न अगंमा गोहीको आक्रमणले चोट लागेको थियो ।