९ भाद्र २०८२, सोमबार
Follow Us

पण्डित कुवेर सुवेदीलाई बेलायतमा भ्याइनभ्याई, वर्मिघम पशुपतिनाथ मन्दिरमा कृषिपञ्चमीको कथा सुनाउने

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०८२, सोमबार १७:४८

लण्डन। करिब तीन साताअघि बेलायत भ्रमणमा आएका धर्मदर्शन फाउण्डेशन देवघाटका संस्थापक तथा चर्चित कथावाचक पण्डित कुवेर सुवेदीलाई यहाँ भ्याइनभ्याई छ। उनको कथा सुन्ने र घरमा पूजा–आजा गर्ने अवसर पाउन बेलायतमा रहेका भक्तजनहरू लालायित बनेका छन्।

तीन साताको बेलायत भ्रमणमा उनी दैनिकजस्तै व्यस्त छन्। उनले पहिलोपटक गत सातातिर सार्वजनिक श्रीमद्भागवत कथा सम्पन्न गरेपछि अल्डरशट, स्कटल्याण्ड र ग्लास्गोमा पनि कथा सुनाइसकेका छन्। त्यसभन्दा केही दिनमै नेपालीहरूको बाक्लो उपस्थिति रहेको वर्मिघमस्थित पशुपतिनाथ मन्दिरमा कृषिपञ्चमी महात्म्य वाचन गर्ने भएका छन्।

श्रीपशुपतिनाथ मन्दिर (शनि धाम) का अनुसार सुवेदीले २८ अगस्ट विहीवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भक्तजनलाई कथा सुनाउने कार्यक्रम तय भएको छ। यसअघि साउथलस्थित हिन्दू मन्दिरमा आयोजित श्रीमद्भागवत कथामा तीन हजारभन्दा बढी भक्तजन सहभागी भएका थिए।

सुवेदी आगामी आइतवार ३१ अगस्टका दिन नेपालब्रिटेन डट कमको १८ औं वार्षिकोत्सव समारोहमा समेत विशेष सहभागी हुने आयोजकले जनाएका छन्।

धेरै पढिएको