२७ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत पाउने पक्का

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०८०, बुधबार ०६:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदैछन् । बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँर्दैछन् ।

प्रधानमन्त्रीको दल विभाजित भए वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्थामा एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान संविधानमा छ । प्रधानमन्त्रीलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीको समर्थन छ ।

प्रतिनिधि सभामा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी सत्ता पक्षमा १ सय ५२ सांसद् छन् । प्रधानमन्त्रीले विश्वासको मत पाउन १ सय ३८ मत आवश्यक पर्छ । अंकगणितका आधारमा प्रधामन्त्रीले सहजै विश्वासको मत पाउने देखिएको छ ।

काँग्रेस, राप्रपा, लोसपालगायत दलले विपक्षमा मतदान गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रले आफूसँगको सत्ता सहायात्रा छाडेर एमालेसँग गठबन्धन गरेपछि काँग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।