२० बैशाख २०८१, बिहीबार
Follow Us

नेपालमा पोर्चुगिस दुतावास खोल्न एनआरएनएको आग्रह

नेपालब्रिटेन डट कम्
१ चैत्र २०८०, बिहीबार २१:२८

लण्डन । गैरआवासीय नेपाली संघले प्रोर्चुगलको लागि भिसा सर्भिस काठमाण्डौंबाट शुरुवात गर्न आग्रह गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालका लागि गैरआवासीय पोर्चुगिस राजदूत जोआओ रिबेरो डे अल्मेडालाई विहिवार भेटेर प्रोर्चुगलस्थित नेपाली समुदायहरुका समस्याका बारेमा ध्यानार्कण गराएका हुन् ।

काठमाडौमा भएको शिष्टचार भेटघाटमा नेपालमा पोर्चुगल दूतावासको स्थापना गर्न र भिएचएफ सेवा सुचारु गर्न संघले अनुरोध गरेको अध्यक्ष डा. केसीले जानकारी दिए ।

डा. केसीले राजदुत अल्मेडालाई लिखित ध्यानार्कषण पत्र बुझाउदै पोर्चुगलको भारतस्थित दूतावासबाट नेपाली कागजातको प्रमाणीकरण गर्न असहज भएको भन्दै पारिवारीक पुर्नरमिलनको लागि आवश्यक पर्ने ती कागजातहरुको प्रमाणीकरण प्रकृयालाई सहजीकरण ष्र्न आग्रह गरेका छन् ।

संघले नेपालको परराष्ट्र मन्त्रालय र नेपाली दुतावास दिल्लीले प्रमाणीकरण गरेको जन्मदर्ताको प्रमाणीकरण छिटोछरितो गरिदिन जोड दिएको छ ।

ध्यानकर्षणपत्रमा पारिवारिक पुनर्मिलनको डकुमेन्ट प्रमाणीकरण गर्न विभिन्न स्थान पुग्नुपर्ने कारणले धेरै झन्झट र खर्चिलो भएकोले एकै स्थानबाट वितरण गर्ने व्यवस्था हुँदा उपयुक्त हुने र भिसा लागेको कागजातहरु संकलन गर्न भारतस्थित पोर्चुगिस दुतावास जानपर्ने प्रावधान हटाएर नेपालबाटै सेवा दिन राजदूत समक्ष माग गरिएको छ ।
भेटमा राजदूत अलल्मेडाले नेपालीहरुका समस्यालाई गम्भीरतापूर्वक लिएर छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटवार्तामा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राई, काठमाडौंका लागि पोर्चुगलका अवैतनिक वाणिज्यदूत राजेन्द्र खेतान र एनआरएनए केन्द्रीय सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत सहभागी थिए ।

प्रोर्चुगलका नेपालीको समस्याहरुको बारेमा राजदूत अल्मेडालाई ध्यानर्कण गराउन गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्यद्धय (आइसी सदस्य) राजकुमार थापा, बिनु बस्नेत, अध्यक्ष उमेश खड्का लगायतको टिमले सुझाव दिएको थियो ।

पोर्चुगलमा ५० हजार नेपाली

पोर्चुगलमा झण्डै ५० हजार नेपाली बसोबास गर्दै पोर्चुगलको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
५० लाख पोर्चुगिज (गैरआवासीय पोर्चुगिस) विदेशमा बसोबास गरिरहेका छन् । पोर्चुगलका २३० संसद सदस्यमध्ये ४ जना डायस्पोराबाट निर्वाचित हुने गरेका छन् ।