२२ बैशाख २०८१, शनिबार
Follow Us

लिभरपुल युइएफए युरोपा लिगको क्वाटरफाइनलमा

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०८०, शुक्रबार ०६:५३

लन्डन । इंग्लिस क्लब लिभरपुल युइएफए युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिभरपुलले बिहीबार राति भएको खेलमा चेक रिपब्लिकको स्पार्टा प्रागलाई दोस्रो लेगमा ६-१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो लेगमा ५-१ को जित निकालेको लिभरपुलले समग्रमा ११-२ को अन्तरको जित निकाल्दै अन्तिम ८ मा स्थान बनाउन सफल भयो ।

बिहीबार राति कोडी म्याथेजले २ गोल गर्दा ग्याब्रिएल नुनेज, बोबी कलार्क, मोहमद सलाह र डामोकिन स्जोबोस्जले एक एक गोल गरेका थिए । स्पार्टाका लागि बेल्जेको विरमानसेविकले एक गोल फर्काए । युरोपा लिगको अर्को खेलमा मार्सेलीले भिल्लारियलसँग पराजित भएको छ ।

बिहीबार रातिको खेलमा भिल्लारियल ३-१ ले विजयी हुँदा समग्रमा पहिलो लेगेको नतिजाका आधारमा मार्सेली ५-३ ले विजयी हुँदै अन्तिम आठमा स्थान बनाउन सफल भयो । यस्तै, रेन्जर्सविरुद्ध १-० को जित निकालेको बेनफिका समग्रमा ३-२ को जितका साथ अन्तिम आठमा प्रवेश गरेको छ ।

त्यसैगरी वेस्टह्याम युनाइटेडले पनि अन्तिम आठमा स्थान पक्का गरेको छ । बेस्टह्यामले फेरिबर्गलाई ५-० गोल अन्तरले पराजित गर्दा सम्रगमा ५-१ को नतिजा निकाल्न सफल भयो ।दोस्रो लेगमा साल्भिया प्रागविरुद्ध ३-१ को जित निकालेको एसी मिलानले समग्रमा ७-१ को नतिजा आत्मसाथ गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ब्राइटनले रोमालाई १-० ले पराजित गरे पछि ब्राइटन राउन्ड अफ सिक्सटीनमै रोकिन पुग्यो । रोमाले पहिलो लेगमा ४-० को जित निकालेकाले अन्ततः रोमा नै ४-१ को नतिजाका साथ अन्तिम आठमा प्रवेश पाउन सफल भयो ।

त्यसैगरी एटलान्टाले स्पोर्टिङलिस्बनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । पहिलो र दोस्रो लेगको आधारमा एटलान्टा ३-२ को जितका साथ अन्तिम आठमा प्रवेश पाउन सफल भयो । यसैगरी लिभरकुसेनले क्वारबार्गसँग २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै ३-२ को जित निकालेको थियो । यो जितसँगै समग्रमा ५-४ को नतिजाका साथ लिभरकुसेन अन्तिम आठमा स्थान पाउन सफल भयो ।