१८ बैशाख २०८१, मंगलवार
Follow Us

केन्द्रीय अनुसन्धान ब्युरोले विनोद चौधरीको पनि बयान लिने

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०८०, आईतवार ०६:३८

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा केही समय अघि भएको छलफलमा लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख श्यामलाल ज्ञवालीलाई निर्देशन दिएका हुन् ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउनका लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको छ ।