२१ बैशाख २०८१, शुक्रबार
Follow Us

आईपीएल शुक्रबारबाट सुरु हुँदै

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०८०, बिहीबार १३:५४

काठमाडौँ । १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट भोलिदेखि भारतमा सुरु हुँदैछ । पहिलो खेलमा साबिक विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्चजर्स बैंग्लोरबीच खेल हुनेछ । यी दुई बिचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ ।

बैंग्लोरको कप्तानी विराट कोहलीले गर्नेछन् भने चेन्नईको कप्तानी रुतुराज गायकवाडले गर्नेछन् । रुतुराज बिहीबार मात्रै चेन्नईको कप्तानको जिम्मेवारी पाएका थिए । २००८ देखि कप्तानी गरेका धोनीले रुतुराजलाई चेन्नईको कप्तानी सुम्पिएका थिए ।

चेन्नई आइपिएलकै सर्वाधिक टोली हो भने बैंग्लोरले हासलम्म एक पटक पनि उपाधि जित्न सकेको छैन । चेन्नईले पाँच पटक उपाधि जित्दा पाँच पटक उपविजेता बनेको छ । २०२३ मा भएको १६औँ संस्करणको आइपिएलको फाइलनमा गुजरात टाइम्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको थियो ।

आइपिएलमा चेन्नई र मुम्बई इन्डियन्सले ५-५ पटक उपाधि जित्दा कोलकाता नाइट राइडर्सले २ पटक उपाधि जितेको छ । सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स, डेक्कन चार्जर्स र गुजरात टाइटन्स एक-एक पटक आइपिएलको उपाधि जितेका छन् ।