२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएद्धारा मिडिया सल्लाहकार मनोनयन !

नेपालब्रिटेन डट कम्
११ चैत्र २०८०, आईतवार १७:२५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मिडिया सल्लाहकारहरु मनोनयन गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघले आइतवार ५ जना सल्लाहकार रहेको सूचना तथा संचार समिति गठन गरेको हो ।

नवगठित समितिको सल्लाहकारमा राम रावल (नेपालखबर), अखण्ड भण्डारी (अन्नपूर्ण), मात्रिका पौडेल (नेपालप्रेस), हेमन्त काफ्ले (सेतोपाटी) र किरण मरह्ट्टा (टिभि सन्डे) रहेका छन् । संघले २५ सदस्सीय रहेको छुट्टै मिडिया समिति गठन गरेको छ ।

संघका केन्द्रीय सदस्य चिरन शर्माका अनुसार सो समितिले संघको मिडिया सम्बन्धी नीति तर्जुमा गर्नुका साथै संघको दस्तावेज तथा न्यूज लेटर प्रकाशन, सोसियल मिडिया परिचालन लगायतको क्षेत्रमा काम गर्ने छन् ।