२० बैशाख २०८१, बिहीबार
Follow Us

अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना घाइते

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०८०, सोमबार ०६:२३

अछाम । अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज बिहान जिल्लाको मेल्लेख गाँउपलिकामा भएको टयाक्टर दुर्घटनामा अन्य तीन जना घाईते भएका छन् । घाइतेहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० २ त ४९७९ नम्बरको ट्याक्टर ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको हो । घट्नाको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।