१५ बैशाख २०८१, शनिबार
Follow Us

सुदूरपश्चिम सरकार छाड्न चौधरीलाई नाउपाको निर्देशन

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०८०, शुक्रबार १३:३६

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।

चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् ।

१४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा लेखेकी छन्, ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दैछु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’