२० बैशाख २०८१, बिहीबार
Follow Us

भोजपूर टक्सारका आगलागी पीडितलाई एनआरएनएद्वारा २५ बण्डल जस्तापाता वितरण

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०८०, आईतवार ०६:१५

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहत प्रदान गरिएको छ । आगलागी पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माणका लागि २५ बन्डल (५ परिवारका लागि) जस्तापाता प्रदान गरिएको हो । नगरप्रमुख कैलाश कुमार आलेमार्फत राहत उपलब्ध गराइएको हो ।

परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग सुरु गरेको हो । नगर प्रमुख कैलाश कुमार आलेले सहयोगी संस्था एनआरएनएलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय नगर क्षेत्रमा भएको यो ठुलो विपद् हो । यो उदाहरणीय कार्य हो । यसरी नै विपदमा सबै एकजुट भएर आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्दछ ।”

संघका अध्यक्ष डा बद्री केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मलम लगाउन पाएको बताउनुभयो ।