२० बैशाख २०८१, बिहीबार
Follow Us

आगलागीजन्य घट्नामा सहयोग गर्न एनआरएनएको अपिल

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०८०, बुधबार ०८:१९

लण्डन । गैरआवासीय नेपाली संघले आगलागीजन्य घट्नामा सहयोग गर्न अपिल गरेको छ । संघका अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष डा. हेमराज शर्माले संयूक्त रुपमा जारी विज्ञप्तिमा सुख्खायाम सुरु भएसँगै नेपालका भोजपूर, ताप्लेजुङ, मोरङ, सुनसरी लगायतका विभिन्न जिल्लामा आगलागीजन्य घटनामा परेकाहरुको सहयोगको लागि आग्रह गरेका हुन् ।

गैरआवासीय नेपाली संघले परोपकार तथा मानवीय सहायता विभागमार्फत यस्ता विपद्जन्य घटनामा सहयोग गर्दै आएको संघले जनाएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले भोजपूर जिल्लाको टक्सार मालबासेका आगलागी प्रभावित परिवारको निजी आवास पुनर्निर्माण तथा पुर्नस्थापनाका लागि राहत वितरण (जस्तापाता) सुरु गरेको थियो ।

संघले अन्य विभिन्न जिल्लामा पनि आगलागीजन्य विपद्का घटनामा जनधनको क्षति व्यहोरेका प्रभावितहरुको सहयोगार्थ संघका राष्ट्रिय समन्वय परिषद् सहित समस्त गैरआवासीय नेपालीहरुमा अनुरोध गरेको छ ।

अपिल
सुख्खायाम सुरु भएसँगै नेपालका भोजपूर, ताप्लेजुङ, मोरङ, सुनसरी लगायतका विभिन्न जिल्लामा आगलागीजन्य घटना बढ्दै गएको छ । गैरआवासीय नेपाली संघले परोपकार तथा मानवीय सहायता विभागमार्फत यस्ता विपद्जन्य घटनामा सहयोग गर्दै आएको विदितै छ ।संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले भोजपूर जिल्लाको टक्सार मालबासेका आगलागी प्रभावित परिवारको निजी आवास पुनर्निर्माण तथा पुर्नस्थापनाका लागि राहत वितरण (जस्तापाता) सुरु गरिसकेको छ ।

यसर्थ अन्य विभिन्न जिल्लामा पनि आगलागीजन्य विपद्का घटनामा जनधनको क्षति व्यहोरेका प्रभावितहरुको सहयोगार्थ संघका राष्ट्रिय समन्वय परिषद् सहित समस्त गैरआवासीय नेपालीहरुमा हार्दिक अपिल गर्दर्छौँ।

सहयोग रकम तपशिलको बैंकको खातामा पनि उपलब्ध गर्न सकिन्छ , खातामा रकम जम्मा गर्नको लागि खाता बिबरण तल उल्लेखित छ

Account Details:

Account Name      : NON-RESIDENT NEPALI ASSOCIATION (NRNA)

Account Number    : 02101030011866

Bank Name         : Nepal Investment Mega Bank Ltd.

Branch             : Gongabu Branch

Swift Code          : NIBLNPKT

डा बद्री केसी डा हेम राज शर्मा

अध्यक्ष उपाध्यक्ष एवं संयोजक परोपकार तथा मानवीय सहायता विभाग