२२ बैशाख २०८१, शनिबार
Follow Us

सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगियो

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०८०, सोमबार १४:२६

काठमाडौं । आज सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बोलाएको दलहरुको नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको उच्च स्रोतले जानकारी दिएको छ । कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै संसद बैठकमा अवरोध गर्दै आएको छ ।

कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसको सकरात्मक जवाफ नआएको बैठकपछि एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिएका छन । उनले भने, ‘राजनीतिक पूर्वाग्रहमा आधारित छानविन समिति बन्न सक्दैन । त्यो जायज छैन ।

तथ्य र प्रमाणमा आधारित नभएर यो कुरा आएको छ, ‘कांग्रेसलाई पुर्नविचार गरेर आउन भनेका छौं । संसदीय छानविन समिति बन्न सक्दैन ।’ संसदीय छानविन समिति गठन नगरी कतिपय विषय संसदको समितिबाट गर्न सकिने विकल्प रहेको उनले बताएका छन ।

यस्तै छोटो समय बसेर सकिएको बैठकबाट बाहिरिएका गृहमन्त्री रवि लामिछानेले फेरि बस्ने कुरा भएको जानकारी दिएका छन । उनले भने, ‘फेरि बस्ने कुरा भएको छ । केही भएको छैन ।’