२२ बैशाख २०८१, शनिबार
Follow Us

सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्छ: लेखक

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०८०, सोमबार १४:२७

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्ने बताउनु भएको छ । सभामुखले बोलाएको प्रमुखदलहरुको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया लेखकले सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्ने बताउनु भएको हो ।

‘अहिलेसम्म हामीले संसद्लाई अवरुद्ध गरेका छैनौँ । सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत हुँदै छ । सरकार यतिका नागरिकको विचल्ली भएको छ, त्यसप्रति संवेदनशील/गम्भीर हुन सकेको छैन । हामीले संसदीय छानबिन समितिको न्यूनतम माग्दा पनि सरकार तयार नभएकाले अब संसद्‍मा कुनै बैठक र कामकारबाही अवरुद्ध भए भने त्यसको जिम्मा सरकारले लिनुपर्छ,’ प्रमुख सचेतक लेखकले भन्नु भयो ।

कांग्रेसले सहकारी प्रकरणमा छानबिन समिति नबनाए सदन अवरुद्ध गर्न बताउँदै आएको छ । सदनको अवरोध हटाउने विषयमा सभामुखले आज प्रमुख दलहरुको बैठक बोलाउनु भएको बैठक विना निश्कर्ष सकिएको छ ।