४ बैशाख २०८१, मंगलवार
Follow Us

ट्याक्सी र औषधी बोकेको ट्रकमा आगजनी

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७३, सोमबार ०५:३४

काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले बानेश्वरमा ट्याक्सी र चित्वानमा औषधी बोकेको मिनी ट्रकमा आगजनी गरेका छन् । आज विहान बानेश्वर मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो । ट्याक्सी चढेका व्यक्तिले मिनभवन उकालो नजिक पुगेपछि पेट्रल छर्किएर आगो लगाएर भागेका थिए । आगोले ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानरिय प्रहरी बृत नयाँ बानेश्वरले जनाएको छ ।
राजधानीमा मोटरसाईकल,निजी र सरकारी सवारीका साधन चलेको छन् भने छिट्फूट रुपमा भाडाका सवारीसाधन चल्न थालेका छन् । शैक्षिक संस्थाहरु समेत आशिंक रुपमा मात्रै खुलेका छन् । सुरक्षा ब्याबस्था अत्यन्तै कडा पारिएको छ राजभानी उपत्यकाका चोकचोकमा बाक्ले मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आजै विहान चितवनबाट काठमाडौं तर्फ औषधी ल्याउँदै गरेको एक मिनी ट्रकमा बन्दकर्ताले आगजनी गरेका छन् । चितवनमा वन्दका बाबजुत पूर्व पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ्ग गरेर सवारी साधन सञ्चालनमा ल्याएको गरेको छ ।विप्लव माओवादीले गरेको नेपाल बन्दमा बन्दमा चितवन प्रहरीले गन्तब्यमा हिडेका सवारी साधनलाई सुरक्षा दिएर पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सुकुम्बासी माथि राज्यले दमन गरेको भन्दै विप्लव माओवादीले गरेको नेपाल बन्दमा देशैभरको जनजीवन प्रभावित भईरहेको अवस्थामा जनजिवन सामान्य बनाउन प्रहरी स्कटिङ्ग गरेर सावारी साधन सुरुचारु गरेको जिल्ला प्रहरी कार्यालय चितवले जजाएको छ ।
प्रहरी जिल्लाको मुख्य राजमार्गमा बिशेष निगरानी राखी याताायात सुचारु गरेको प्रहरीले जनाएको छ ।वन्द गर्न कोही कार्यकर्ता नआएपनि चितवनको मुख्य बजार नारायणगढ क्षेत्र सुनसान छन् । शैक्षिक सस्था र कलकारखाना पनि पुरै ढप्प भएका छन् । यस्तै राजमार्गमा सवारी सुचारु गर्न कुनै समस्या नभएकाले ढुक्क भएर सवारी साधन सञ्चालन सकिने उनले बताए ।