७ आश्विन २०८२, मंगलवार
Follow Us

झलनाथ पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लैजाने तयारी

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०८२, मंगलवार ०५:३१

काठमाडौँ। जेन जेड प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । छोरा निर्भिकसहित भारत जाने तयारी रहेको पारिवारिक स्रोतको भनाई छ । उनलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लगिन लागेको हो ।

उपचारका क्रममा उनको बायाँ हात समेत काट्न परेको थियो ।

धेरै पढिएको