२४ बैशाख २०८१, सोमबार
Follow Us

५ मे मा बेलायतमा आनी छोइङ्ले प्रस्तुती दिने

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०८१, बुधबार १३:२५

महेश अधिकारी । लण्डन । ख्याती प्राप्त गायिका तथा समाजसेवी आनी छोइङ् डोल्मा लामाले बेलायतमा आफ्नो प्रस्तुती दिने भएकी छन् ।

मानवसेवा आश्रम यूकेद्वारा मिति ५ मे २०२४ का दिन राष्ट्रीय तथा अन्तरास्ट्रिय जगतमा ख्याती प्राप्त गायिका तथा समाजसेवी लामाको सांगीतिक कन्सर्ट इनर मेलोडी फर इनार पिसमा सहभागी हुने भएकी हुन् ।

कार्यक्रमबाट संकलित रकम नेपालमा खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थानहरुमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगपेक्षी अनाथ, असहाय, बेसहराहरुको लागी स्वास्थ्य आवास र आधारभूत मानवीय सेवा पुर्याउंदै आईरहेको मानवसेवा आश्रम नेपाल गरिने आयोजकले जनाएको छ ।

समाजको पहलमा ११ जिल्लाका २४ स्थानहरुमा निर्माण भैरहेका आश्रम भवन निर्माणार्थ कोष संकलनको लागी सो रकम सदुपयोग गरिने छ ।
सो परोपकारी कार्यक्रममा तपाईं लगायत आफ्नो परिवारका सदस्यहरु सहित उपस्थित हुन आयोजकले आब्हान गरेको छ ।