१ असार २०८१, शुक्रबार
Follow Us

बागलुङको लाम्मेलामा आगलागी

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०८१, शनिबार ०६:३८

ढोरपाटन (बागलुङ) । जिल्लाको तमानखोला गाउँपालिका-४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन् ।

घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए । मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए ।

गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उनले बताए । घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेको हुनसक्ने आशङ्का उनले व्यक्त गरे ।