१४ असार २०८१, बिहीबार
Follow Us

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०८१, बुधबार १३:२३

मोरङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै चितवनबाट ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा सिरानचोक गाउँपालिका-३ बस्ने २१ वर्षीय बिबश सापकोटालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१ स्थित  स्वस्तिका होटल एण्ड लजमा बसेकी ती महिलालाई बिबशले कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।