१४ असार २०८१, बिहीबार
Follow Us

डेनमार्ककी प्रधानमन्त्रीमाथि राजधानीको सडकमा आक्रमण

नेपालब्रिटेन संवाददाता
२६ जेष्ठ २०८१, शनिबार ०६:५७

काठमाडौँ । डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा आक्रमण भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए । आक्रमणकारी पक्राउ परेका छन् ।

डेनमार्कको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस घटनाको विवरण दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार, कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो। आक्रमणकारी पक्राउ परेका छन् । यो घटनाबाट प्रधानमन्त्री स्तब्ध भएकी छन् ।’

आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।