१४ असार २०८१, बिहीबार
Follow Us

कांग्रेस महामन्त्री गगन थापा कतार आउने

नेपालब्रिटेन डट कम्
९ असार २०८१, शनिबार ०४:०३

कतार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
थापा नेपाली जनसम्पर्क समिति कतारको १७ औं स्थापना दिवसको विशेष कार्यक्रममा सहभागी हुने कतार आउन लागेका हुन् ।
आगामी शुक्रवार, प्लाजा इन दोहामा आयोजना हुने कार्यक्रमलाई नेपाली जनसम्पर्क समिति विभाग प्रमुख किरण पौडेल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैन सिंह महरले सम्बोधन गर्ने भएका छन् ।