डायस्पोरा

युवराज गुरुङ बने जनसम्पर्क समिति बेलायतको तेस्रो पटक सभापति !

लन्डन । नेपाली कांग्रेसको आन्तरिक विभाजनको असर बेलायतस्थित पार्टीको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतमा पनि देखिएको छ। समितिको छैटौँ महाधिवेशनबाट युवराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएसँगै संस्था औपचारिक रूपमा विभाजित भएको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले आइतबार लन्डनको साउथ ह्यारोमा छैटौँ महाधिवेशन आयोजना गर्दै युवराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। यसअघि नेपाली कांग्रेसका सभापति गगन थापा पक्षले हितकाजी गुरुङलाई समितिको सभापति चयन गरेको थियो।

महाधिवेशनको सफलताको शुभकामना दिँदै नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति बेलायतले प्रवासमा पार्टीको विचार, आदर्श र सिद्धान्त स्थापित तथा विस्तार गर्न पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका छन्।

भरर्चुअल सम्बोधन गर्दै देउवाले लोकतन्त्र, राष्ट्रियता, समाजवाद तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध नेपाली कांग्रेसको विचार र सिद्धान्तलाई प्रवासमा समेत विस्तार गर्न समितिले खेलेको भूमिकाको सराहना गरेका हुन्।

उनले बेलायतमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, एकता, सहयोग र सहकार्य अभिवृद्धि गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन तथा सामाजिक रूपान्तरणमा समितिले निर्वाह गर्दै आएको भूमिकाको समेत प्रशंसा गरे।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत र नेता किरण पौडेलले पनि महाधिवेशनको सफलताको शुभकामना सन्देश दिएका थिए।

महाधिवेशनले युवराज गुरुङको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा विनोद कुमार योञ्जन, विशाल राई र सन्तोष सुवेदी चयन भएका छन्। त्यसैगरी महामन्त्रीमा तपेन्द्र कु. राई, सुजन बञ्जरा र निशान लिम्बु चयन भएका छन्।

सहमहामन्त्रीमा सुधिर भण्डारी, वसन्त राई, दुर्गा लिम्बु, एलबीजेड गुरुङ र बाबुराजा राई चयन भएका छन् भने कोषाध्यक्षमा सुजित शाही निर्विरोध चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा दिवाराज राई, पारस कोइराला, हर्क लिम्बु, गणेश राई, दिव्यज्योति साहु, होमबहादुर पुन, सुदेश राई, ईश्वर गुरुङ, दीपक गुरुङ, भीम राई, सुभाष राई, नारायण लिम्बु, नन्दु स्याङ्वो र मिलन शाही चयन भएका छन्।

महाधिवेशनबाट युवराज गुरुङ, विनोदराज मोक्तान, विनोद कुमार योञ्जन, सुजित शाही, विशाल राई, निशान राई लिम्बु, ईश्वर गुरुङ, सन्तोष सुवेदी, लोकबहादुर गुरुङ, निर्मला सिग्देल, रोजिना गुरुङ, विनय अधिकारी, राजकुमार सुनुवार र पारस कोइराला महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

अधिवेशनमा प्रमुख निर्वाचन आयुक्त कमल कँडेलले नवनिर्वाचित कार्यसमितिको औपचारिक घोषणा गरेका थिए।

नयाँ नेतृत्व निर्विरोध चयन भएसँगै समितिका सदस्य तथा शुभेच्छुकहरूले नवनिर्वाचित सभापति युवराज गुरुङसहित सम्पूर्ण कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रममा एनआरएनए यूकेका प्रमुख संरक्षक डेविड गुरुङ, एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल तथा यति नेपाली एसोसिएसन यूकेका अध्यक्ष टंक भट्टराईलगायतले मन्तव्य राखेका थिए।

त्यसैगरी विशाल राई, निशान लिम्बू, राजकुमार सुनुवार, कमल कँडेल, केन्द्रीय प्रतिनिधि तस्बिर लामा तथा समितिका पूर्वअध्यक्षहरू विनोद मोक्तान र उमेश मोक्तानले पनि आ–आफ्ना धारणा राखेका थिए।

महाधिवेशनको विशेष कार्यक्रम समितिका प्रवक्ता पारस कोइरालाले सञ्चालन गरेका थिए।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता